नेपालमाथि चीनको दादागिरि यसरी सुरू भयो
संखुवासभा, २७ फागुन । सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ ।
केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...