१७ चैत, काठमाडौं । ग्यास विक्रेता महासंघले अब्यवहारिक रुपमा व्यवसायीमाथि धरपकड भएको भन्दै ग्यास डिलरहरु बन्द गर्ने चेतावनी दिएको छ ।
ग्यास उद्योगहरुले कृत्रिम डिलरहरु खडा गरेर कालोबजारी गरेका कारण बजारमा ग्याँसको अभाव भएको महासंघकोे दावी छ । विक्रेताहरुले उद्योगको बदमासीमा आधारित भएर आफुहरुलाई धरपकड नगर्न सरकारसँग माग गरेका छन् ।
महासंघले बुधबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएर उद्योगहरुको बद्मासीका कारण उपभोक्ताहरुले अभाव झेल्नुपरिरहेको भन्दै हचुवाका आधारमा ग्यास विक्रेताका गोदाममा छापा मारेर विक्रेताहरुलाई आतंकिकत नतुल्याउन माग गरेको हो ।
प्रहरीले कतिपय विक्रेताहरुलाई कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ गरर कारवाहीको प्रक्रिया अगाडि बढाएपछि महासंघको टोली बुधबार गृहमन्त्रीलाई भेट्न पुगेको हो ।
महासंघले केही विक्रेता कालोबजारीमा संलग्न रहेपनि अधिकांश विक्रेताहरुले उद्योगहरुले उपलब्ध गराएका ग्यास सहजरुपमा वितरण गरिरहेको दाबी गर्दै प्रहरीले छापा मार्ने र झुठा मुद्दा लगाउने क्रम नरोकिए देशभरका डिलर बन्द गर्ने चेतावनी दिएको छ ।
जवाफमा गृहमन्त्री शक्ति बस्नेतले निर्दोष विक्रेतामाथि कुनै किसिमको कारवाही नहुनेमा निर्धक्क हुन विक्रेताहरुलाई आग्रह गरे । देशभर हाल करिब १५ हजार ग्यास डिलर छन् ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...