-->
अमेरिकी कारवाहीकाबीच उत्तर कोरियालाई चीनले दियो ठूलो मौका

काठमाडौं, ६ चैत । विश्वकै नाकाबन्दीमा परेको उत्तर कोरियालाई चीनले ठूलो मौका दिएको छ ।
शान्ति वार्ताका लागि उत्तरकोरियाले पठाएको प्रस्ताव अस्वीकार गरेर अमेरिकाले युद्धका लागि तयारी गरिरहेका बेला चीनले उत्तरकोरियालाई पछिल्ला गतिविधिहरु तुरुन्त रोकेर सुध्रिन मौका दिएको हो ।
उसले अहिले उत्तरकोरिया सुध्रिएर वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिएको छ । अहिले दक्षिण कोरिया र अमेरिकाले उत्तरविरुद्ध युद्धगस्ती गरिरहेका छन् । उत्तर कोरियालाई दक्षिण कोरिया र अमेरिकाका सेनाले घेरेका छन् ।
चीनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको निर्णयलाई मान्दै ती गतिविधि रोक्न उत्तरकोरियालाई आव्हान गर्दै सुध्रिन भनेको हो । शुक्रबार बिहान पनि उत्तरकोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरियाको कदमले कोरियाली प्रायद्धिपमा विवाद बढाएको भन्दै यस्ता गतिविधि रोक्न ताकेता गरेका हुन् ।
शुक्रबार बिहान उत्तरकोरियाले कोरियाली प्रायद्धिपको पूर्वी समुद्री क्षेत्रतर्फ क्षेप्यास्त्र परीक्षण गरेको थियो । आठ सय किलोमिटर दूरी पार गर्न सक्ने सो क्षेप्यास्त्र राष्ट्रसंघीय सुरक्षा परिषदको उत्तरकोरियामाथि प्रतिबन्ध लगाउने निर्णयपछि भएको सबैभन्दा ठूलो आणविक हतियार परीक्षणको घटना हो ।
क्षेत्रीय शान्ति तथा स्थिरता कायम गर्न उत्तरकोरियासँग आग्रह गर्दै प्रवक्ता खांगले शान्ति र स्थिरताका विषयमा राष्ट्रसंघ सुरक्षा परिषदमा स्पष्ट उल्लेख भएकोले सम्बन्धित राष्ट्रहरु यो विषयमा गम्भीर हुनुपर्ने बताए ।
यसैबीच उत्तर कोरियाले शुक्रबार विहान गरेको मिसाइल परीक्षणको राष्ट्रसंघले कडा निन्दा गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.