चैत १५
एजेन्सी – आफ्ना अन्डा रक्षा गर्न साना भ्यागुताले बनाउने फिज (फोम) जलेका मानिसको उपचारमा प्रयोग हुने औषधिको काम गर्ने वैज्ञानिकहरुले बताएका छन् । फिजले औषधिको काम गर्नुका साथै ड्रेसिङ र क्षतिग्रस्त छालाबीच एउटा रक्षात्मक कवजको रुपमा काम गर्ने उनीहरुको दाबी छ ।
स्ट्राथक्लाई युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले फिजको विवरण निर्माण गरिरहेका छन् । उनीहरुले ट्रिनिडाडको साना तुंगारा भ्यागुताबाट उत्प्रेरणा लिइरहेका छन् । भ्यागुताको जोडिलाई यौन सम्पर्क गराएपछि ५ सेन्टीमिटर उभयचरले एउटा फिजयुक्त गँुड बनाउछ जसले अन्डालाई रोग, शिकारी र मौसमबाट बचाउछ । सो फोम ६ ओटा प्रोटिनबाट बनेको हुन्छ जसले गुडको आकार र शक्तिको रक्षा गर्छ ।
चार प्रकारका प्रोटिननको बनावटलाई तयार गरेको र त्यसमा आफ्नो फर्मुला मिसाउन लागेको डा पाउल हसकिसोन र उनका सहकर्मीले बताए । फोम (फिज) बाट संक्रमित र जलेको घाउका बिरामीलाई सहयोग गर्ने उनीहरुले बताए ।
अनुसन्धानकर्ताहरुले लिभरपुरमा आयोजना हुने माइक्रोबायोलोजि सोसाईटीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्दैछन् । -स्वास्थ्य खबरपत्रिका

0 comments
प्रतिक्रिया दिनुहोस्...