-->
बंगलादेशी बलरले धोनीको काटिएको शिर उचालेपछि..

२२ फागुन, एजेन्सी।
जारी एशियाकपको फाइनलमा भारतसंग खेल्ने पक्का गरेको बंगालदेशका एक खेल प्रशंसकले भारतीय क्रिकेट प्रशंसकलाई राम्रै संग चिढ्याएका छन्।
एक बंगलादेशी प्रशंसकले बलर तस्किन अहमदले धोनीको काटिएको शीर हातमा बोकेको तस्विर सामाजिक सञ्जालमा शेयर गरेका छन्। फोटोशपबाट तयार पारिएको तस्विरले भारतीय प्रशंसकहरुलाई भने नराम्ररी चिढाएको छ। भारतीय सञ्चारमाध्यमले पनि बंगलादेशीहरुले हद गरेको भन्दै प्रतिक्रिया दिएका छन्।
भारत र बंगलादेश आइतबार एशिया कपको फाइनलमा भिडदै छन्। भारत प्रतियोगितमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने बंगलादेश श्रीलंका र पाकिस्तान जस्ता टिमलाई हराउँदै फाईनलको टिकट काटेको हो।
यस प्रतियोगितामा बंगलादेशले निकै राम्रो प्रदर्शन गरेको छ। प्रतियोगिताकै दाबेदारहरुलाई पराजित गर्न सफल बंगलादेशले फाइनलमा भारतसंग कस्तो खेल देखाउने हो भोली नै थाहा हुनेछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.