फिल्मका नाममा अश्लीलता फैलाएको आरोप
पोखराः फिल्म सुटिङका नाममा अश्लीलता फैल्याएको भन्दै विवादास्पद मोडल अर्चना पनेरुसहित निर्माणाधीन चलचित्र जिस्मको युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरामा सुटिङ गरिरहेको यो फिल्म युनिटले सुटिङका लागि अनुमति नलिएको तथा अश्लीलता फैल्याएको गुनासो स्थानीयले गरेपछि पनेरुसहित सिंगो फिल्म युनिट नै कास्की प्रहरीको नियन्त्रणमा परेको हो ।
‘समाजबाट प्रतिबन्धित अश्लीलता प्रदर्शन गर्ने र समाजको मर्यादा विपरितका कार्य गरेको गुनासो आएपछि नियन्त्रण लिएका हौं’, जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी घनश्याम अर्यालले भने ।
समाचार स्रोतका अनुसार यो फिल्म सुटिङका लागि आफूसँग अनुमति नलिएको तथा अश्लीलता फैल्याएको भन्दै चलचित्र विकास बोर्डले नै आपत्ति जनाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको हो ।
यो फिल्मलाई राजु गिरीले निर्देशन गरिरहेका छन् । अर्चनाले यो फिल्म चार लाख रुपैयाँ लिएर खेल्न तयार भएको बताइएको थियो ।
कथाले मागेजति ग्ल्यामर सिन दिन तयार रहेको बताउँदै यो फिल्ममा खेलिरहेकी उनी त्यही कारण कास्की प्रहरीको नियन्त्रणमा पुगेकी हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...