-->
मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकार तोडिने...


काठमाडौंः नेपाली युवाहरुको रोजगारको प्रमुख गन्तब्य मलेसियामा
नेपाली सुरक्षागार्डको एकाधिकर तोडिने भएको छ ।
मलेसिया सरकारले नेपाली सुरक्षागार्डको विकल्पमा अन्य देशबाट पनि लिने तयारी गरेपछि यो एकाधिकार तोडिन लागेको हो ।
मलेसियाका उपगृहमन्त्री नुर जाजलान मोहमदले बताए अनुसार नेपाली सु रक्षागार्ड मात्रै लिने नीतिमा सरकारले समीक्षा गर्न लागेको हो ।
नेपाली सुरक्षागार्ड मात्रै लिने सरकारी नीति भएपनि मलेसियामा हाल पाकिस्तान, बंगलादेश, इन्डोनेसिया र भारतबाट पुगेका युवाहरु पनि अवैधरुपमा सुरक्षागार्डमा कार्यरत रहेपछि सरकाले यसको समीक्षा गर्न लागेको हो ।
त्यहाँको अध्यागमन विभागले अवैधरुपमा सुरक्षागार्डमा कार्यरत अन्य देशका युवाहरुलाई वैधानिक बनाउने अभियान चलाइरहेका बेला मलेसियन सरकारले नेपालबाहेक अन्य देशलाई पनि सुरक्षागार्ड लिने स्रोतका रुपमा प्रयोग गर्ने भएको हो ।
मलेसिया सरकारले सन् २००६ देखि सुरक्षागार्डकारुपमा नेपालका भूतपुर्व सेना र प्रहरीलाई मात्रै लिने नीति लिएको थियो ।
तर पछिल्लो समय गैरफौजी नेपाली युवाहरु पनि सुरक्षागार्डका रुपमा कार्यरत रहन थालेको निचोड निकाल्दै मलेसिया सरकारले अन्य देशबाट पनि सुरक्षागार्ड लिन लागेको हो ।
मलेसियाले नेपालीलाई मात्रै लिने नीति बनाएपछि त्यहाँ २४ हजार नेपाली युवाहरु सुरक्षागार्डकारुपमा कार्यरत रहँदै आएका छन् ।
मलेसियामा सुरक्षागार्डमा कार्यरत नेपाली युवाहरुले आकर्षक कमाइ पनि गरिरहेका छन् । पछिल्लो समय लुटेरा समूहले आक्रमण गर्न थालेपछि भने नेपाली युवाहरु त्यहाँ जोखिममा परिरहेका छन् ।
'हामी अन्य देशलाई पनि सुरक्षागार्डको स्रोतका रुपमा प्रयोग गर्ने निचोडमा पुगेका छौ’, उपगृहमन्त्री मोहम्मदले भने, ‘हामीले सुरक्षागर्डका लागि स्रोत राष्ट्रका रुपमा फौजी पृष्ठभूमिमा भएका श्रीलंकन युवासहितलाई लिने निचोडमा छौं ।
उनले यहाँका कम्पनीहरुले अब सुरक्षागार्ड लिनका लागि नेपालबाहेक अन्य स्रोत राष्ट्रलाई पनि प्रयोग गर्न सकिने नीति चाँडै ल्याइने उल्लेख गरे ।
उपगृहमन्त्री मोहम्मदका अनुसार देशमा रहेका लाइसेन्स प्राप्त आठ सय सुरक्षागार्ड कम्पनीहरुले नेपालबाहेक अन्य देशका युवालाई पनि सुरक्षागार्डकारुपमा प्रयोग गर्न थालेपछि आफ्नो पुरानो नीति बदल्न लागेको जनाउ दिएका हुन् ।
अध्यागमन विभागका महानिर्देशक दतुक सकिब कुस्मीले नेपालबाहेक अन्य देशहरुबाट तालिम प्राप्त सुरक्षागार्ड लिने नीति बनाउन लागिएको बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.