काठमाडौं, २७ फागुन । राजधानीमा एउटा अनौठो घटना भएको छ ।
काठमाडौं महानगरपालिका-२६ ईटुम्बहालमा भएको यो घटनामा एक पुरुषले ‘सैनिक’की श्रीमती जिस्क्याएका छन् । ती पुरुष हुन् ४० वर्षीय दयाराम ढकाल । जो सेक्युरिटी गार्डमा कार्यरत थिए ।
आफू बसेकै घरमा डेरागरी बस्ने दम्पत्तिमाथि उनले कुदृष्टि लगाएका हुन् । ढकालसँगै कोठा लिएर बसेका दम्पत्तिमा ३० वर्षीय घनश्याम अर्याल र उनकी ३० वर्षीया श्रीमती मधु आचार्य थिए ।
घनश्याम नेपाली सेनामा भर्ती भएर छाडेका ‘सैनिक’ हुन् । उनी बाहिर जाँदा दयाराम उनकी श्रीमती मधुलाई जिस्क्याउथे । अंगाल्लो हाल्थे । यो व्यवहारले मधु आजित थिइन् । बेला बेला श्रीमानलाई बताउथिन् । तर, घनश्याम ‘रक्सी पिएको बेला भुलबस गरेको होला चिन्ता नलेउ’ भन्थे ।
तर, बुधबार राति रक्सीले मातिएका दयारामले मधुमाथि अत्याचारै गरे । त्यही बेला घनश्याम पनि आइपुगे । त्यो बेला दयाराम मधुको गाला चिमाट्ने, अंकमाल गर्ने, संवेदनशिल अंगहरुमा हात हालिरहेका थिए ।
त्यो देखेपछि घनश्यामले दयारामलाई मरणासन्न कुटपिट गरे । कुटाइबाट दयारामको घटनास्थलमै मृत्यु नै भयो ।
दयारामको मृत्युपछि प्रहरीले घनश्याम र मधुलाई पक्राउ गर्यो । अहिले हिरासतमा रहेका घनश्यामले सोही घरमा डेरा गरी बस्ने ढकालले नै आफूहरुलाई सोही घरमा २ महिना अघि डेरा खोजिदिएको बताएका छन् । ढकालसँग समान्य चिनजान भएको उनले बताए ।
२ महिनाका अवधिमा बेला बेलामा मापसे सेवन गरेर ढकालले आफ्नो श्रीमतीमाथि कुदृष्टि लगाउने गरेको घनश्यामको गुनासो छ । घनश्याम भन्छन्- यदि म समयमै नआएको भए मेरी श्रीमतीको इज्जत लुटिन्थ्यो ।
काठमाडौं प्रहरी परिसर अन्तर्गत को जनसेवा प्रहरी डिएसपी विनोद घिमिरेले घटनामा जटिल भएकाले कानुनअनुसार अघि बढ्ने जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...