-->
सुगौली सन्धीपछि नेपालले ठूलो भू-भाग गुमाएको घटना किन भुल्यो ?

काठमाडौं, ११ चैत । लोकतन्त्र र संसदीय इतिहासको जननी भनेर चिनिएको विश्वकै सबैभन्दा पुरानो मध्येको राष्ट्र बेलायतका राजकुमार ह्यारी यतिबेला नेपालको साता लामो भ्रमणमा रहेका छन् । उनको भ्रमणलाई लिएर पूर्बराजादेखि रंकसम्म चर्चा र बहस हुन थालेको छ ।
धेरैलाई थाहा भएको बिषय हो कि बेलायती राजकुमार ह्यारी नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध स्थापित भएको दुई सय बर्ष पुगेको उपलक्ष्यमा नेपालको भ्रमणमा रहेका हुन् । तर, ह्यारी नेपाल आउनुको कारण के हो भनेर कुनैं पनि बिद्धान, बिशेषज्ञ, परराष्ट्रबिद् वा बुज्रुकहरु चुइँक्क बोल्न समेत सक्दैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
इतिहासलाई केलाएर हेर्ने हो भने बेलायत मात्र यस्तो देश हो जसले नेपालको सार्बभौमसत्तामा धावा बोल्ने र मुलुकको भौगोलिक अखण्डतालाई नैं खण्डित गरी मुलुकले ठूलो भू–भाग सुगौली सन्धीको नाममा गुमाउनु परेको थियो ।
आफुलाई कट्टर राष्ट्रबादी भएको देखाउन नारा, जुलुस, गोष्ठी र छलफलको नाममा बोलेर नथाक्ने पूर्बपञ्च र कथित राष्ट्रबादीहरु इतिहासमा बेलायतले नेपालमाथि गरेको हस्तक्षेपको घटनालाई लिएर बेलायती राजकुमार ह्यारीले माफी माग्नु पर्ने कुरा त परै जाओस्, सुगौली सन्धीको बिषयमा बोल्न पनि तयार छैनन् ।
यस्ता कथित, नक्कली र कट्टर राष्ट्रबादीहरुले नेपाली आम नागरिकलाई सुगौली सन्धीको बिषयमा स्मरण मात्र गराउँछन् । तर, तिनै बेलायतका राजकुमार ह्यारी नेपालको औपचारिक भ्रमणमा रहेको बेला भने चुईँक्क सम्म नबोल्नुले कथित राष्ट्रबादी मुहार उदांगिएको छ ।
सन् १८१५ अर्थात बिसं १८७२ मा तत्कालिन नेपाल सरकारले तत्कालिन भारतमा शासन गरिरहेको बेलायति शासन इष्ट इण्डिया कम्पनीले नेपालको सार्बभौमसत्तामाथि धावा बोल्दै युद्ध छेडेपछि नेपालले युद्धको सामना गर्नु परेको थियो । सो युद्धमा हजारौं नेपालीले ज्यान समेत गुमाएका थिए ।
बेलायती सेनाले हजारौं नेपालीलाई निर्ममतापूर्बक आततायी ढंगले मारेका पनि थिए । तर, आफुलाई राष्ट्रबादी भन्नेहरुले सुगौली सन्धीमा नेपालले भोग्नु परेको पीडाको स्मरण पनि गर्न चाहेका छैनन् । सयौं राष्ट्रबादी बीर नेपाली सपुतले बेलायतसँगको युद्धमा ज्यान गुमाउनु परेको थियो ।
तर, इतिहासको निर्मम ढंगले समिक्षा त परै जाओस स्मरण गर्ने तर्फ नेपाल सरकारको पनि ध्यान गएको पाइँदैन् । प्रत्येक नेपालीहरुको मन मुटुमा बिझेको सुगौली सन्धीले राष्ट्रको भूगोल गुमाउनु परेको त्यो इतिहासलाई कुनै पनि नेपालीले बिर्सिएका छैनन् ।
बिर्सिएका छन त तिनै शासक, उच्च पदस्थ र सामन्त वर्गले । नेपाली नागरिकहरुले सुगौली सन्धीमा अतिशक्तिशाली र अत्याधुनिक हातहतियारले सुसज्जीत अंग्रेजको फौजको हमलालाई डटेर सामना गरेको इतिहासलाई गौरवको रुपमा स्ममरण गर्ने गर्छन् ।
हाम्रा राष्ट्रबादी र राष्ट्रभक्तिका गीत, कथा, कविता र उपन्यास पनि सोही सुगौली सन्धीमा नेपालले भोग्नु परेको अविश्मरणीय पीडा र बैरीका सामु देखाएको अदम्य साहस र वीरताले भरिपूर्ण छन् ।
सुगौली सन्धी गर्न बाध्य भएको नेपालका तत्कालिन साशकको क्रियाकलापलाई हेर्ने दृष्टिकोण कुनैं पनि नेपालीको आजसम्म नकारात्मक छैन् । भिमसेन थापाको नाम नसुन्ने नेपाली नागरिक बिरलै होलान ।
तर, तिनै भिमसेनलाई गलाएर नेपाललाई उपनिवेस बनाउन चाहने अग्रेज साशकका अबिच्छिन उत्तराधिकारीको रुपमा चिनिएका बेलायती राजसंस्थाका सदस्य राजकुमार ह्यारीको नाममा राज्यले उनको भ्रमणमा देखाएको अघात प्रेम र सत्कारले धेरै नेपालीको मन कुडिएको छ ।
अमेरिकाले सन् १९४७ मा जापानको हिरोसिमा र नागासाकीमा गरेको एटम बम आक्रमणको घटनालाई लिएर अमेरिका विश्वमै आलोचित बन्ने गरेको छ ।
अमेरिकी शासकहरु जापान भ्रमणमा गएको बेला हिरोसिमा र नागासाकी घटनालाई अमेरिकाले इतिहासमा गरेको गल्ती भनेर स्मरण मात्र गर्दैनन् । क्षमा पनि माग्छन् ।
बेलायती शासक भारतमै भ्रमण गर्दा पनि इतिहासमा बेलायतले गल्ती गरेको भनेर क्षमा माग्छन् । तर, के ह्यारीको नेपाल भ्रमणको बेला कुनै राज्यसत्ताका जिम्मेवार त परै जाओस् कुनै नेपालीले क्षमा याचनाको कुरा ग-यो ? के सुगौली सन्धी गर्न बाध्य बनाएर बेलायतले नेपालको भूभाग पूर्बमा टिष्टा र पश्चिममा कांगडा तथा दक्षिणमा सतलजसम्मको भूभागलाई खुम्च्याएर पूर्बमा मेची र पश्चिममा महाकालीनदीमा सीमित गर्नु इतिहासमा उचित कार्य थियो र ? के इतिहासको निर्मम समिक्षा हुनु पर्दैन ?
बेलायतले भाडाका सीपाहीको रुपमा नेपालबाट बर्षेनी तन्नेरीलाई बोका छाने जस्तै छनौट गरी गोर्खा रेजीमेन्टमा भर्ना गर्नु उपलब्धी हो र ? बेलायतले अफगानिस्तानमा गोर्खा रेजीमेण्टका सीपाहीलाई फ्रन्ट लाईनमा उभ्याएर मुश्लिम अतिवादीको शिकार बनाइरहेका छन् ।
के यसलाई बेलायतले गरेको न्याय मान्न सकिन्छ । के ति सैनिकलाई बेलायती सरकारले बेलायती सेना सरहको तलब सुबिधा र भत्ता दिएको छ ?
यि र यस्तो फेहरिस्त खोज्ने हो भने नेपाल भ्रमणको नाममा पोखरा पुगेर राजकुमार ह्यारीले अफगान युद्धमा ज्यान गुमाएको नेपाली जो गोर्खा रेजीमेण्टको नाममा युद्धमा प्राण आहुति गरे उनीहरुलाई श्रद्धासुमन अर्पण गरेर मात्र पुग्छ ?
के उनको नेपाल भ्रमणलाई हामीले उत्सव र अवसर भन्ने कि विगतको इतिहासमा नेपाल र नेपाली माथि गरेको बेलायतको ज्यादती र अन्यायको घटनालाई इतिहासको गल्तीको रुपमा लिनु पर्दैन र ?दैनिक नेपाल बाट।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.