-->
प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जाने, ओली आइतबार फर्किँदै

काठमाडौं, ११ चैत । नेपाली सेनाका महारथी एवं प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जानुहुने भएको छ ।
साताव्यापी भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएकै दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन भ्रमणमा जानुहुनेभएको हो ।
प्रधानमन्त्री ओली आउँदो आइतबार चीन भ्रमण पूरा गरी स्वदेश फर्किँदै हुनुहुन्छ । सोहि दिन प्रधानसेनापति क्षेत्री चीन प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- प्रधानसेनापति आइतबार चीन जानुहुने कार्यक्रम तय भएको छ । थप जानकारी विज्ञप्तिमार्फत् दिनेछौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.