रहेनन् गोल्डस्टार जुत्ताका मालिक नुरप्रताप राणा
काठमाडौँ ११ चैत । वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।
फोक्सोको समस्याबाट पीडित राणाको उपचाका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिनुभयो । स्वर्गीय राणा चर्चित गोल्ड स्टार जुत्ता र हात्तीछाप चप्पलका मालिक हुन् । उनी कुमारी बैंकका पूर्वअध्यक्षसमेत रहेका थिए ।
स्वर्गीय राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फार्मस्युटिकल्स औषधि उद्योग र त्रिशूल ग्याससमेत सञ्चालनमा छ । स्वर्गाीय राणाको श्रीमती, दुई छोरा, एक छोरी हुनुहुन्छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...