उदयपुर – आर्थिक अबस्था कमजोर भएका कारण मानसिक सन्तुलन गुमाउन पुगेका २८ वर्षिय नन्दन राजधामी विगत ३ वर्षदेखि पशु झै फलामे साङ्लोमा बाँधिएर बस्न बाध्य भएका छन ।उदयपुरको सदरमुकाम नजिकै रहेको जोगिदह गाविस ९ मोतिहाईका यी राजधामी तीन वर्ष यता मानसिक सन्तुलन गुमाउन पुगेपछि उनलाई उपचार गर्ने पैसा नभएपछि अहिले घरमा नै यसरी साङ्लोमा बाँधेर राख्ने गरेका हुन ।
विगत ३ वर्ष अघिदेखि मानसिक सन्तुलन बिग्रिएपछि उनलाई अहिले पाँच किलोको फलामे साङ्लोले बाँधेर राख्ने गरेको छिमेकी भबुराम राईले बताए । गरिब तथा विपन्न परिवारका सदस्य भएकाले पनि उपचारका लागि रकम जुटाउन नसक्दा युवा अवस्थामा नै उनी पशु सरह जीवन जिउन बाध्य भएका हुन ।उनी घरको माईलो छोरो बुनिबुतो गरेर परिवारका सदस्यालाई गुजारा गराउन टेवा दिदै आएको थियो । ३ वर्ष अघि सम्म राम्रो थियो तर एक्कासी आएर छोराको मानसिक सन्तुलन बिग्रिएकोमा बाबु बृहस्पति राजधामी दुखि छन ।
उनका अनुसार दुई वर्ष अघि काठमाण्डौको मानसिक अस्पतालमा उपचार गरि निको भएको थियो । तर त्यहाँ केही महिना थप उपचार गराउन डाक्टरले भने पनि १ महिना मात्र उपचार गराएर ल्याएको बाबु राजधामीले बताए ।घरको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक रुपमा ज्याला मजदुरी गरेर जिविकोर्पाजन गर्नु पर्ने भएकाले पनि छोरालाई उपचार गर्ने रकम अभावका भएकाले थप उपचार गर्न नसकेको आमा दुलवति राजधामीले बताईन ।अस्पतालको डाक्टरले उपचार गरे निको हुने बताएपनि पहिला एक महिला उपचार गर्दा लागेको ऋण ६० हजार रुपैया तिर्न मुस्किल परेको बाबु बृहस्पति राजधानीले बताए ।
मोतिगडा – फत्तेपुर सडक नजिकै रहेको रहेको १५ धुर जग्गामा बनेको सानो झुपडी बाहेक आफुसंग अरु कुनै जग्गा जमिन नभएको राजधामीले बताए । दैनिक रुपमा ज्याला मजदुरी र अरुको जग्गा बटिया गरेर बिहान बेलुकाको छाक टार्ने गरेको उनले बताए ।राजधामीका तीन भाई छोरा मध्ये माईलोे छोरा हुन उनी, तीन वर्षबाट एक्कासी कसरी मानसिक सन्तुलन गुम्यो, थाहा पाउन सकिन बाबुको भनाई थियो । मानसिक सन्तुलन बिग्रिएका राजधामीले दोहोरो कुराकानी गर्न सक्ने भएपनि उनी सधैं नाङ्गै बस्ने र जे पायो त्यहि खाने अरुलाई कुटपिट गर्ने गरेकाले बाध्य भएर फलामे साङलोले बाँधेर राख्नु परेको उनको गुनासो रहेको छ ।
घरको खम्बामा ठुलो साङ्लोले बाँधेर राखेका उनलाई त्यही नै खानेकुरा दिने गरेको बताईन्छ । यसरी पशु सरह बाँधेर राखेका राजधामीले त्यही दिसा पिसाब गर्ने गरेका छन ।बाँधेर नराखे घर परिवारका सदस्य तथा गाउँका मानिसलाई आक्रमण गर्ने भएकाले पनि बाँधेर राख्नु परेको उनका कान्छो भाई धिरेन राजधामीले बताए । गाउँका मानिस जादा उनले रक्सी खान देऊ भन्ने गरेको रक्सीसंग के चटनी खाने त भन्दा आफुले गरेको दिसालाई नै देखाउदै यो चटनी खानु पर्छ भन्ने गरेको एक छिमेकीले जानकारी दिए ।
मानसिक सन्तुलन गुमेको धेरै नभएकाले पनि थप उपचार गर्न सके निको हुने थियो तर कसले उपचार गरि दिने स्थानीयबासी भबुराम राईको भनाई थियो ।राजधामी परिवारमा जिविकोर्पाजनका लागि मजदुरी बाहेक अरु कुनै जग्गा जमिन छैन । बुबा बृहस्पति राजधामी भन्छन कुनै कुनै दिन त भोक भोकै पनि बस्नु परेको छ, कसरी उपचार गराउनु हजुर ।
कसैले दया गरेर उद्धार गरि दिए आफु आभारी हुने कुरा सुनाउदै भाबुक हुदै बृहस्पति राजधामीले भने । हामी गरिब मान्छे, अहिले खाँउ भने भरे के खाँउ भन्ने अवस्था छ छोराको उपचार कसरी गर्नु भन्दै भकानीदै गहँ भरि आँशु झार्दै भने ।बनिबुदो गरेर पेट पाल्दै आएकोमा अब त एक जना बनि बुदो गर्न जानुको सट्टा घरमा नै छोरालाई रुङ्गेर बस्नु परेको गुनासो पोखे । घर एक जनाले नहेरे कति खेर दिसा पिसाब गर्छ त्यो नै खाई देला भन्ने पिर रहेको उनले बताए ।
छोराको उपचारका लागि कसैले सहयोग गरे आफु सधैंका लागि आभारी र ऋणि हुने थिए । म उहाँहरुलाई भगवान मान्ने थिए । तर अहिले सम्म आफुलाई कसैले सहयोग नगरेको गुनासो गरे ।उनी आमा छोराको बारेमा सुनाउदै भन्छीन, खान दिन जादा पनि त्यही भातले डिर्काउने गरेको मलमुत्र खेलाउने गरेको छेउमा गयो भने जे पायो त्यहिले हाल्ने गर्छन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...