-->
सेनाका पूर्वरथीको घोषणा- गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले द्वन्द्व निम्त्याउने निश्चित छ

काठमाडौं, ११ चैत । नेपाली सेनाका पूर्व सहायक रथी डा. उमेश भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले देशमा द्वन्द्व निम्त्याउने निश्चित भएको घोषणा गरेका छन् ।
आफ्नो एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पूर्वसहायक रथी डा. भट्टराईले भनेका छन्– हठातमा राजालाई फ्यालेर आएको गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताले द्वन्द्व निम्त्याउने निश्चित छ यदी समयमै सम्बोधन नगरिए । अझै पनि बेला छ देशलाई अनर्थको भासबाट बचाउनु आज पहिलो आबश्यकता हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे आफ्नो धारणा राख्दै उनले नेपालमा चीनले चाँहे विकास द्रुत गतिमा हुने र नेपालको मुहार फेरिन समय नलाग्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.