एजेन्सी: बलिउड अभिनेता सञ्जय दत्तले आफूलाई जेलमा गधाले पनि खान नसक्ने खाना दिने गरेको खुलासा गरेका छन् । शुक्रवार उनले एक एक मिडिया अन्तरक्रियामा भाग लिँदै आफ्नो जेल जीवनका केही कुरा बाहिर ल्याएका हुन् ।
यस क्रममा उनले आफ्नो जेल र निजी जीवनसँग जोडिएका केही आश्चर्यमा पार्ने कुरा सार्वजनिक गरेका हुन् ।
सञ्जय दत्त २५ फेब्रुअरीमा पुणेको यरवदा जेलबाट रिहा भएका थिए । १९९३ को मुम्बई बम धमाकापछि अवैध हतियार घरमा राखेको अभियोगमा उनी सजाय काटेर रिहा भएका थिए ।
'सुरक्षाको कारण भन्दै मलाई एक्लै राखिएको थियो । जेलमा प्रत्येक दिन बिहान ६ बजे उठ्थेँ र परिवारलाई सम्झिँदै रुन्थेँ ।'
उनले बिहान उठेर नहुाउने तथा अन्य नित्यकर्म सकेपछि शिव पुराण, गणेश पुराण, महाभारत, भगवद्गीता र रामायणको पाठ गर्ने गरेको बताए । यानी उनी जेलमा पुरै पण्डित भएका थिए ।
'एक सालसम्मा मैले चनाको दाल खाएँ। उहाँ मलाई खानामा एक सब्जी दैनिक मिल्थ्यो । जसको नाम मैले पहिलो पटक सुनेको थिएँ । यसलाई तपाईंले बाख्रा, गोरु या गधालाई पनि दिँदा पनि खान सक्दैनथिए।'
उनले आफूलाई दिने खानामा किरा र कमिला समेत हुने गरेको सुनाए । त्यसालई आफूले प्रोटिनका लागि भन्दै खान बाध्य भएको बताए । 'स्वस्थ रहनका लागि दैनिक २ घन्टा दौडन्थेँ । पेट घटनाउने शारीरिक अभ्यास पनि गरिनै रहेँ', उनले भनेका छन् ।
उनी जेल जाँदा सय किलोका थिए भने निस्कँदा ४० किलोट घटेर ६० किलोका भएका थिए । 'मलाई उपचार गरिएको कुरा पनि गलत हो', उनले भनेका छन्, 'मलाई अन्य कैदीहरुको तुलनामा धेरै नराम्रो ब्यबहार गरिन्थ्यो । यस्तो लाग्थ्यो कि मलाई अंग्रेजहरुले जेलमा हालेका छन् ।'
उनले आफूलाई अन्डरवर्ल्डन डनहरुसँग कुरा गर्नका लागि आफू बलिउडमा आउनुअघि पनि दबाब दिने गरेको पनि रहस्य खोलेका छन् ।
'मलाई अन्डरवर्ल्ड डनहरुसँग सम्पर्क गरि कुरा गर्न दबाब दिइन्थ्यो', उनले भनेका छन्, 'कोही पनि चहाँदैनथिए कि म आफ्नै बलबुतामा केही बनौं, केही गरौं। म माथि यो पनि दबाब छँदैथियो ।'

0 comments
प्रतिक्रिया दिनुहोस्...