-->
प्रधानमन्त्रीको चीन भ्रमण एकसाता लामो हुने


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो ।
प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गरेका थिए ।
मन्त्रिपरिषद्ले नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
तीन देशमा महावाणिज्यदूत नियुक्त
सरकारले बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.