-->
कांग्रेस महाधिवेशनमा अमेरिकी महिला पराजित, हारेपछि गुट परिवर्तन

काठमाडौं, २ चैत । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा महिला अरक्षणको खुलामा उम्मेदवारी दिइ पराजित भएकी नेपाली मुलकी अमेरिकी नागरिक मृदुला कोइराला पराजित भएपछि गुट परिवर्तन गरेकी छिन् ।
मृदुलाले संस्थापन समूह छाडेर संस्थापनकै विद्रोही समूह पकड्न पुगेकी छिन् । कृष्णप्रसाद सिटौलाको समूहमा लागेकी मृदुलालाई पौडेलले समूहले छेउमा पनि आउन नदिएपछि पराजय भोग्नु परेको आरोप लगाउने गरेकी छिन् ।
‘मैले सुशील कोइरालाको त्यति धेरै सेवा गरे’, मृदुलाले आफ्ना साथीहरूसँग भन्ने गरेको गुनासो उदृत गर्दै स्रोतले भन्यो, ‘मलाई संस्थापन समूहले अन्याय गरेको छ । म त्यही कारण पराजित भएँ ।’
कोइराला परिवारले मृदुलालाई आफ्नो टिममा राख्न चाहेको छैन । सोही कारण मृदुला सिटौलाले बत्तीसपुतलीमा राखेको भेलामा पुगेर गुनासो गर्न भ्याएकी थिइन् ।
यसैबीच, मृदुलाले फेसबुकमार्फत आफूलाई मतदान गर्ने कांग्रेस प्रतिनिधिहरूलाई धन्यावाद दिएकी छिन् । मृदुलाले महिला कोटामा ५ सय ४४ मत पाएकी थिइन् ।
अमेरिकामा आफ्ना पति, छोराछोरीलाई छाडेर कांग्रेसको राजनीति गर्न आएकी मृदुला मोरङबाट महाधिवेशन प्रतिनिधि जितेर आएकी थिइन् ।
मृदुलासँग अमेरिकाको ग्रिनकार्ड छ । सुशील कोइराला सभापति र प्रधानमन्त्री भएका बेला मृदुलाकै कारण कांग्रेसी नेता तथा कार्यकर्ताले दुःख पाएको धेरैको गुनासो छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.