-->
ह्यारी नेपाल आउँदा नेपाली सेनाले के भन्यो ?

काठमाडौं, ८ चैत । बेलायतका राजकुमार ह्यारी अहिले नेपाल भ्रमणमा छन् ।
यसैक्रममा ह्यारीले नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई भेटेका छन् । भेटमा उनले गोर्खालीको उच्च प्रशंसा गरे ।
ब्रिटिश सेनामा काम गर्दा गोर्खा सैनिकको फौजसँगै अफगानिस्तानमा तालिवानीसँग लडेका ह्यारीले ‘प्रथम विश्वयुद्ध, दोश्रो विश्वयुद्ध र त्यसभन्दा अगाडीदेखि नै नेपाली सेना, गोर्खालीहरुले हामीलाई साथ दिंदै आएका छन् । कम्तीमा हामी (बेलायतीहरु) ले गर्नसक्ने भनेको उनीहरु (नेपाली) ले लगाएको गुन तिर्नु मात्रै हो’ भनेका छन् ।
उनको यस्तो प्रशंसापछि प्रधानसेनापति क्षेत्रीले धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्- राजकुमार ह्यारीको प्रशंसाबाट थप हौसला प्राप्त गरेका छौं । नेपाली सेनाका सकल दर्जाको तर्फबाट अधिराजकुमारलाई नेपालमा हार्दिक स्वागत छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.