वि.सं. २०७२ साल चैत १६ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च २९ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २७:२० बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौती आइलाग्न सक्छन्। बाध्यताले मन खिन्न बनाउनेछ। तापनि, कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, ठूलो उपलब्धि नभए पनि हानिनोक्सानीबाट बच्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
केही बाध्यतामा अलमलिनुपर्ला। सामान्य विवादमा समेत परिने योग छ। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। हतियार तथा सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अधिकारका लागि संघर्ष गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेलले अप्ठ्यारोमा पार्न सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ काम सुरु गर्ने समय छ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट मात्र प्रतिष्ठा मिल्न सक्छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...