जुवाघरमा छापा, आठ लाख सहित २५ जना पक्राउ
काठमाडौं, चैत १२ । प्रहरीले घर जुवाघरमा छापा हान्दा २५ जनालाई पक्राउ परेका छन् । गौशालाको पिंगलास्थानमा रहेको जुवाघरमा छापा हानी प्रहरीले उनीहरुबाट आठ लाख ४८ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त, गौशालाको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा चारमहिला सहित २५ जनालाई पक्राउ गरेको हो । घर भाडामा लिएर लामो समयदेखि जुवा खेलाउने गरिएको सुचनाको आधारमा छापा मारेको बृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...