देउवाविरुद्ध पौडेल लागेपछि कांग्रेसमा खैलाबैला, के-के भयो ?
काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन सकिएको दुई साता नवित्दै सभापति शेरबहादुर देउवाविरुद्ध अभियान थालेका छन् ।
पार्टीमा भागबन्डा हुन नहुने अडानका साथ उम्मेदवार बनी सभापतिमा पराजित भएका पौडेलले संसदिय दलको नेता चाहिने भन्दै शुक्रबार संस्थापन विरुद्ध गुटभेला गरेका हुन् ।
भेलाले संसदीय दलको नेतामा सभापति देउवालाई सर्वसम्मत हुन नदिने निर्णय गरेको छ । पौडेल पक्षधर नेताहरुले शुक्रबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरी संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो । राजधानी दैनिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...