-->
विहारका मुख्यमन्त्री नितिश काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

फाल्गुन १९, २०७२- विहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौं आइपुगेका छन् । उनी अहिले होटल द्वावारिकामा बसेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सहभागि हुन उनी काठमाडौं आइपुगका हुन । मुख्य मन्त्री नितिश बिहिबार कांग्रेसको महाधिवेसनमा सहभागि हुने छन् । त्यहाँ उनले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
पटक–पटक नेपाल आउन खाजेपनि उनले केन्द्र सरकारबाट स्विकृत पाउन सकेका थिएनन् । भारतका प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गर्न केन्द्रबाट स्विकृत लिनुपर्ने हुन्छ । त्यसकारण उनी सरकारमा रहँदा नेपाल आउन सकेका थिएनन् । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु एयरपोर्ट पुगेका थिए । उनलाई भारतिय राजदूत रणजित रायले पनि विमानस्थलमा स्वागत गरेका थिए ।
नितिशले नेपाली कांग्रेसले नेपाली जनतको प्रजातन्त्र प्राप्तिको लागि मात्र नलडेर भारतको स्वतन्त्रताको लागि पनि लडेको इतिहास बोकेको पार्टिको महाधिवेसनमा सहभागि हुन आफू आउन पाउँदा खसी भएको बताए ।
नेपालको सीमा जोडिएको विहारका मुख्य मन्त्री हुनाले उनको यो आगमनलाई सरकारले पनि महत्व दिएको छ । उनले अहिले साँझ प्रधानमन्त्री केपी ओलीलाई भेट्ने छन् । यस्तै होटलमै उनले मधेसी दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको पनि निकटस्थ स्रोतले बताएको छ । उनी आजै महाराजगंज पुगेर सुशील कोइराला प्रति श्रद्धान्जली दिने कार्यक्रम समेत रहेको छ ।
त्यसपछि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा पनि छलफल गर्नेछन् । उनका साथमा अन्य चार नेताहरु पनि रहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.