अब वडा तहमै स्थानीय सरकार
काठमाडौं – सरकारले वडा तहमै स्थानीय सरकारको उपस्थिति रहने गरी संरचना निर्माणको गृहकार्य सुरु गरेको छ । हाल जिल्ला र गाविस तहमा सीमित संरचना वडास्तरमा पुर्याउने तयारी भएको हो । स्थानीय तहमा अब बन्ने वडा हालभन्दा कम्तीमा ३ गुणा ठूला हुनेछन् ।
स्थानीय निकायको पुनःसंरचना गर्न गठिन आयोगका लागि सरकारले निर्धारण गरेको मापदण्डमा वडालाई सेवा कन्द्रका रुपमा विकास गर्ने उल्लेख छ । ‘सेवा प्रवाह र जनसहभागितासहितका विकास कार्य वडा तहबाटै गर्ने गरी अब कायम हुने वडालाई सेवा केन्द्रका रुपमा विकास गर्नुपर्नेछ,’ आयोगका लागि सरकारले निर्धारण गरेको मापदण्डमा भनिएको छ ।
- Ratopati

0 comments
प्रतिक्रिया दिनुहोस्...