-->
अपहरित इजिप्ट एयरको विमानबाट ४ विदेशी र चालक दलका सदस्य बाहेक सबै रिहा


काठमाडौं, १६ चैत । अपहरणमा परेको इजिप्ट एयरको विमानमा सवार चार विदेशी र चालकदलका सदस्यबाहेक अन्य सबैलाई रिहा गरिएको छ ।
बीबीसीको पछिल्लो समाचार अनुसार हतियारधारी अपहरणकारीले आफ्नो शर्त पुरा भएपछि चालक दलका सदस्य र चार विदेशी बाहेक सबैलाई रिहा गरेका हुन् ।
इजिप्टकै सहर एलेक्सान्ड्रियाबाट कायरोतर्फ गइरहेको इजिप्ट एयरको आन्तरिक उडान एक हतियारधारीले अपरहरण गरेर साइप्रसको लार्नका विमानस्थलमा अवतरण गराएका थिए ।
५५ जना बढी यात्रु रहेको इजिप्ट एयरको एयरबस ए–३२० छुटाउन अपहरणकारीसँग थप वार्ता भइरहेको समाचारमा जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.