-->
चट्याङ लागेर २ जनाको मृत्यु

ओखलढुंगा, वैशाख ३० – पानीसँगै परेको चट्याङ लागेर ओखलढुंगाको कालिका गाविसमा दुई जनाको ज्यान गएको छ ।

बिहीबार दिउँसो परेको चट्याङ लागेर कालिका–५ की विष्णुमाया श्रेष्ठ र कालिका–६ का नरबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

च्यानाम गाविसमा बुधबार चट्याङ लागेर एक बालिकाको ज्यान गएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.