-->
आजदेखि लोडसेडिङ घट्यो (तालिकासहित)

काठमाडौं, जेठ ७ – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो । 

प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन । 

बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको छ । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ ।

 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.