-->
लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाउने प्रधानमन्त्रीको घोषणा

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाउने घोषणा गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शनिबार लुम्बिनीमा विशेष कार्यक्रम भइरहेको छ । तर, विहानै पानी र हावाहुरी चलेपछि केही समस्या देखिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब ५ हजार मानिस अट्ने सभा हल बनाइने बताए । उनले भने, ‘सकेसम्म एक वर्षभित्र निर्माण सक्नेछौं । काम गर्दै जाँदा ढिला भयो भने सकेसम्म छिटो गर्नेछौं ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.