-->
सुदुरपश्चिममै पहिलो पटक ‘मिनी पिसिएनएन’ प्रविधिबाट पत्थरीको उपचार सुरु

धनगढी- निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले सुदूरपश्चिममै पहिलोपटक ‘मिनी पिसिएनएन’ प्रविधिबाट बिना शल्यक्रिया पत्थरीका रोगीको उपचार सेवा सुरु गरेको छ ।

पत्थरीका रोगीको मिर्गौलामा पाँच मिलीमिटरको प्वाल पारी बिनाशल्यक्रिया सरल तरिकाले पत्थर निकालेर उपचार गरिने प्रविधिलाई ‘मिनी पिसिएनएन’ प्रविधि भन्ने गरिएको उपचारमा संलग्न युरो सर्जन डा सञ्जय खड्कीले बताए ।

डा खड्कीको नेतृत्वको टोलीले आज पहिलोपटक सो अस्पतालमा पाँचजना पत्थरीका रोगीको सफल उपचार गरेको छ । पत्थरीका रोगी प्रत्येकले आफ्नो उपचार गराउँदा कम्तिमा रु २० हजारदेखि रु ७० हजारसम्म खर्च लाग्न सक्ने बताइएको छ ।

स्थानीय क्षेत्रमै पत्थरीका रोगीले उपचार पाउने भएपछि उपचारका लागि भारतका सहरहरुमा धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.