वुद्ध नेपालमा जन्मनु भएको बिषयक प्रतिबेदनमा मोदी भनाई नै सन्दर्भ सामग्रीमा
वुद्ध नेपालमा जन्मनु भएको बिषयक प्रतिबेदनमा मोदी भनाइ नै सन्दर्भ सामग्रीमा: नेपालको संसदमा संबोधन गर्ने क्रममा मात्रै नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसमा प्रभाबशाली भाषण दिने क्रममा नेपाललाई बुद्धको भूमिको रुपमा पुन: परिचय दिने काम गरे । उन्ले जे बोले भएकै कुरा बोले र कुनै नयाँँ कुरो बोलेनन र पनि उन्को भनाइको ठुलो महत्व यसकारणले छ कि जुन देशकै कारण यो सत्य ओझेलमा पर्ने र गलत कुरो सही जस्तो देखिने गरी संसारभरी समस्या देखा परेको थियो र सो समस्या समाधान गर्ने क्रममा जनस्तरबाट उल्लेख्य उपलब्धिहरु हासिल भैरहेकै बेलामा त्यही देशको सरकार प्रमुखले यसरी बोलिदिंदा हाम्रा मुख खोल्न अनकनाउनेहरुलाई पनि मुख खोल्न सहज बातावरण बन्ने र हामीलाई पनि सम्बन्धित देशको सरकार प्रमुखकै भनाइलाई सन्दर्भ दिएर काम गर्न पाउँदा काम गर्न अझै सहज् हुने भएको छ । भलै उन्ले जापान, जर्मन र फ्रान्समा भने बोली फेरे बुद्धको नामबाट फायदा लिन ।
अभियानको प्रतिबेदनको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय: गत डिसेम्बर ३० मा नेपालमा सातौं लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा बुद्ध जन्मस्थलबारे संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलङ्का, थाइल्यान्ड, भारत र नेदरल्यान्डका पाठ्य पुस्तकमा भएका गलत जानकारी सच्याउन अभियानका तर्फबाट अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन (मोदीले नेपालमा बोलेको कुरालाई समेत सन्दर्भ सामग्रीमा समाबेश गरिएको) कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई हस्तान्तरण गरेपस्चात प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्र मन्त्रालयका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गर्नु भएको थियो । अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को हालैको बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ । यस्को लागि अभियान नेपाल सरकारप्रति आभार प्रकट गर्दछ ।
यस अघि अभियानका तर्फबाट अमेरिकी रास्ट्रपति बाराक ओबामालाई सोही प्रतिबेदन पठाइसकेको भए तापनि सरकार मार्फत जाँदा छिटो र प्रभाबकारी हुने हुँदा गत ३० डिसेम्बरमा नेपालमा आयोजना गरिने कार्यक्रम मार्फत अमेरिका लगायत सात देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन अभियानको सरकार मार्फत जाने कुराको जानकारी अभियानको तर्फबाट उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’, पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचन्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाटको क्रममा सबैलाई जानकारी दिइएको थियो ।
तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानक तर्फबाट तयार गरिएको ज्ञापनपत्र पूर्व मन्त्रीद्धय दीपकुमार उपाध्याय र राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ समेत सहभागी भएको टिमले अगस्ट २०१० मा बुझाएपछि अभियानले आधिकारिक रुपमा वुद्ध जन्मस्थल बिषयमा भएको बिस्वब्यापी दिग्भ्रमको जरोको रुपमा बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारीलाई लिएको छ र यो समस्या निस्तेज पार्न मूल रुपमा नेपाल सरकारलाई आफ्ना कुटनीतिक नियोगहरुलाई यस उद्धेस्य प्राप्ती कार्यमा परिचालन गर्न सुझाब दिएको थियो । अभियानको सुझाब कार्यान्वयन नहुँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने काम कोरियाका लागि नेपालका तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछी सच्याउने काम भएकोले अभियानले उहाँलाई सम्मान गरिसकेको छ । स्वीडेनमा भएको यस्तै समस्या समाधानको लागि अभियानले बेल्जियमस्थित नेपाली दूताबास मार्फत प्रकृया अगाडि बढाएपछी त्यहाँ पनि समस्या समाधान भएको छ ।
उपर्युक्त सात देशको पाठ्य पुस्तकमा भएका गल्ती सच्याउन अभियानले बेल्जियममा आयोजना गरेको अन्तराष्ट्रिय कन्फेरेन्समा सम्बन्धित देशका राजदूत मार्फत ती देशका रास्ट्रपति एबं प्रधानमत्रीलाई पठाउने योजना रहे तापनि उक्त कन्फेरेन्स पहिलो पटक नेपालमा गएको बिनाशकारी भूकम्प र दोश्रो पटक पेरिस आक्रमणका कारण रद्ध गर्नु परेकोले यो काम नेपालमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकार मार्फत गर्ने गरी गरिएको हो । यो बिषय कार्यान्वयन गर्ने कार्यमा ढिलासुस्ती नहोस भन्नाका खातिर उपप्रधान एबं पररास्ट्र मन्त्री कमल थापा, पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पररास्ट्र सचिब शंकर बैराज्ञी, पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई समेत जानकारी गराँदै २४ जनवरीमा सम्माननीय प्रधानमन्त्री के पी ओलीलाई अभियानका तर्फबाट लेखिएको पत्रमा यो बिषय समेत प्राथमिकताका साथ उठान गरिएको थियो ।
भारत हाम्रो छिमेकी देश भएकोले गलत कुराको प्रबाहका कारण हाम्रो छिमेकीको छबी धुमिल नहोस भन्ने हाम्रो पनि चाहना हो, तर हाम्रो चाहना बिपरित काम हुन शुरु भैसकेको थियो अन्तराष्ट्रिय मिडिया मार्फत नै केही समय अघि मात्रै प्रो कनिङ्घाम उत्खननले बिस्वकै ठूला मिडियाहरुमा प्राथमिकता पाएपछी ।


0 comments
प्रतिक्रिया दिनुहोस्...