-->
कृषकका लागि खुशीको खबर, सरकारले ल्यायो यस्तो व्यवस्था

पाल्पा, २० वैशाख – सरकारले किसानलाई चार प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ ।
कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए । ‘जग्गा बाँझो राख्नेले भने पेन्सन पाउँदैन’ उनले भने ।
मन्त्री गजुरेलका अनुसार कम्तीमा आठ घन्टा कृषि क्षेत्रमा योग्दान गर्ने, न्यूनतम उत्पादन गर्ने र भाडामा जग्गा लिएर कृषि उत्पादन गर्ने श्रमिकलाई समेत निवृत्तिभरण दिइने छ । ‘कृषि उत्पादन गरेर राष्ट्रको सेवा गर्नेलाई सरकारले पेन्सनको व्यवस्था नगर्ने भन्ने कुरा हुँदैन’, उनले भने ।
उनले कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गरी रोजगारी सिर्जना गरेर विदेशमा रहेका नेपालीलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्ने नीति बनाउन लागिएको पनि बताए । चीन, जापान र भारतमा समेत राष्ट्रिय पुँजी कृषि क्षेत्रबाट नै भएको बताउँदै कृषिमन्त्रीले नेपालमा पनि कृषि क्षेत्रबाट नै राष्ट्रिय पुँजी निर्माण गरिने छ भने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.