-->
एप्पललाई ठूलो झट्का

आईफोनको विक्रीमा कमी अाएसँगै एप्पल स्मार्टवाचको विक्री पनि घटेको छ। यसले एप्पलाई निकै ठूलो झट्का दिएको छ।
विश्वभरमा ५२ प्रतिशत बजार कब्जा गरेका एप्पलका उत्पादनको विक्रीमा निकै कमी आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
सन् २०१६ को पहिलो तीन महिनामा विक्री ६३ प्रतिशतले घटेको रिसर्च फर्म स्ट्रेटेजी एनालिटिक्सको रिपोर्टमा उल्लेख गरिएको छ।
उक्त रिपोर्टमा सन् २०१५ को दोस्रो तीन महिनामा कम्पनीको ७५.५ प्रतिशत ग्लोबल मार्केट सेयर रहेको थियो भने हाल ५२.४ प्रतिशत मात्र पुगेको छ।
यस तथ्याङ्कको आधारमा एप्पल प्रति उपभोक्ताको रुची कम हुदै गएको समाचार माध्यमले जनाएका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.