एजेन्सी । विलियम गैडूरी नामक १५ वर्षे छात्रले हालै हजारौँ वर्ष अघिको पुरानो शहर पत्ता लगाएका छन् । विलियमले माया सभ्यताको नक्षत्र विधान संकेतको सहारामा दक्षिणी मेक्सिकोमा हजारौँ वर्ष पुरानो सभ्यता भएको शहर पत्ता लगाएको
अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।विलियमले माया सभ्यता अनुसार खगोल विज्ञानका आधारमा पत्ता लगाएको उनलाई उल्लेख गर्दै अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । उनको खोजले इतिहाँसका अन्य खोज अनुसन्धान गर्ने विषयमा थप दिशा प्रदान गरेको छ ।
क्यानेडियन स्पेश एजेन्सीका वैज्ञानिक डैनियल डी लिज़लेका अनुसार गैडूरीको खोज अत्यन्तै उत्साहजनक भएकाले तस्विरमा चिन्ह लगाएको स्थानमा मावन सभ्यता कालीन शहर हुन सक्ने सम्भावना प्रवल छ ।
तर उक्त स्थान घना जंगलको बिचमा भएकाले त्यहाँ पुगेर अनुसन्धान गर्न अत्यन्तै कठीन छ । न्यू बर्नस्विक यूनिवर्सिटीका प्रोफेसर आर्मण्ड रोक्वीका अनुसार गैडूरीको खोज अनुसन्धान उक्त स्थानमा एक मानव निर्मित पिरामिड हुन सक्ने संभावना प्रवल छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...