-->
‘अब पाकिस्तानको मिसाइलबाट बच्न सक्नेछैन् भारत’

काठमाडौं, ७ जेठ । रुसका एक न्यूक्लियर एक्सपर्टले भारत र पाकिस्तानबीच युद्ध भएमा पाकिस्तानको मिसाइलबाट भारतले आफूलाई बचाउन नसक्ने दाबी गरेका छन् ।
यद्यपी उनले भारतले आफ्नो रक्षा क्षेत्रमा विकासलाई तीव्र पारेको तर, पाकिस्तानको मिसाइलबाट बाच्न सजिलो नहुने बताए ।
रुसको राजधानी मस्कोमा रहेको कार्नेगी मस्को सेन्टरका परमाणु अप्रसार कार्यक्रमका सिनियर रिसर्चर पेत्र तोपीच्कानोवले भनेका छन्– ‘भारत आफ्नो परमाणु हतियारमा जून गतिमा भारी मात्रामा खर्च गरिरहेको छ, यस्तो १० वर्षसम्म गर्दा पनि युद्धको अवस्थामा यदि पाकिस्तानले आफ्नो मिसाइल भारततिर छाड्यो भने भारतका लागि आफ्ना इलाका बचाउन सम्भव छैन् ।’
साउथ एसियामा परमाणु अप्रसार र रणनीतिक स्थिरताबारे उनले भनेका छन्– ‘इजरायलको सहयोगमा भारत आफ्नो बलिस्टिक मिसाइल डिफेन्स सिस्टमको विकास गर्ने र रुसबाट एस–४०० डिफेन्स सिस्टम लिदा समेत पाकिस्तानको मिसाइलबाट आफ्नो रक्षा गर्नसक्ने हुन भारतलाई धेरै समय लाग्नेछ ।’
साउथ एसियामा रणनीतिक स्थिरताबारे उनले रुस इश्लामावाद र दिल्लीलाई समान रुपले सहयोग गर्ने र निगरानी गर्ने उनले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.