काठमाडौं, वैशाख २७ – वैदेशिक रोजगार विभाग सहितका विभिन्न ठाँउमा महानगरीय प्रहरी अपराध महाशाखाले एकै साथ छापा मारिरहेको छ । नक्कली काजगात बनाएर वैदेशिक रोजगारीमा पठाएको फेला परेपछि प्रहरीले ती ठाँउहरुमा एकै साथ छापा मारेको हो । वैदेशिक रोजगार विभागलाई अहिले प्रहरीले विशेष निगरानीमा राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न ट्राभल एजेन्सीमा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, म्यानपावर कम्पनीमा एसपी सहकुलबहादुर थापा र एसपी प्रकाशजंग कार्कीको कमाण्डमा वैदेशिक रोजगार विभागमा प्रहरीले छापा मारिएको हो । यस्तै चार वटा ट्राभल एजेन्सी सञ्चालक पक्राउ गरिएको छ भने ती निकायमा प्रहरीले छापा मारिरहेको छ । एक पोलिक्लिनिक र म्यानपावरमा पनि प्रहरीले छापा मारेको छ । विभिन्न व्यक्ति पनि प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
विमानस्थल, विभाग, म्यानपावर र ट्राभल एजेन्सीमा प्रहरीले एक साथ छापा मार्दै
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...