६६ वर्षदेखि कायम कीर्तिमान हेगुइनले तोडे
जेठ २ – ग्वन्जालो हेगुइनले इटालियन सिरी एमा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यो सिजन ३६ गोल गरेका नापोलीका हेगुइनले गुनार नुरडालले ६६ वर्ष अघि बनाएको कीर्तिमान तोडेका हुन् । नुरडालले सन् १९४९–५० सिजनमा ३५ गोल गर्दै बनाएको एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान ६६ वर्षपछि नोपोलीका २८ वर्षे अर्जेन्टाइनी स्ट्राइकर हेगुइनले तोडेका हुन् ।
हेगुइनले सिरी ए अन्तर्गग शनिबार राति भएको अन्तिम खेलमा तीन गोल गरे । यो खेलमा नापोलीले फोरसिनोनेलाई ४–० ले हरायो ।
लिगको उपविजेता बनेको नापोलीको जितमा अर्को एक गोल हामसिकले गरे । नापोली भन्दा ९ अंकले अघि रहेको युभेन्टसले गएको अप्रिलमा नै लगातार पाँचौं पटक लिगको उपाधि पक्का गरेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...