-->
स्वदेशमा नै रोजगारी दिनुपर्ने

कतार, जेठ १६ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सांसद शङ्कर भण्डारीले मुलुक परिवर्तन र विकासका निम्ति इतिहासमा योगदान दिने पृथ्वीनाराण शाह जस्तो सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  नेपाली जनसम्पर्क समिति कतारको शुक्रबार भएको चौथो महाधिवेशनमा उहाँल अब भावनाले देश चल्दैन अझ कडाइका साथ अगाडि बढ्नु आवश्यक छ भन्नुभयो । काँग्रेसका नेता विश्वप्रकाश शर्माले मुलुकमा नै रोजगारीको अवसर राज्यले तय गरेर नेपालमा नै दक्ष जनशक्ति उत्पादन गरे मात्र राजनीतिक दलहरु सफल हुने बताउनुभयो । 

महाधिवेशनले सभापति केशव भुसालको नेतृत्वमा १९ सदस्यीय नयाँकार्यसमिति चयन गरेको छ । दुई उपसभापतिमा शङ्कर न्यौपाने र सुनिलकुमार मण्डल, महामन्त्रीमा मोहम्मद अजिज अलि, सहमहामन्त्रीमा केदार भुसाल, कोषाध्यक्षमा पूर्ण पोखरिया, सहकोषाध्यक्षमा रामजी खत्री तथा सदस्यमा घनश्याम न्यौपाने, याकुब मियाँ, पुरुषोत्तम सुनुवार, जनार्दन न्यौपाने, राम सुयाल, राकेश श्रेष्ठ, मो उमेर आलम, रामकुमार मण्डल, चन्द्रकान्त शर्मा, रामेश्वर मण्डल, जीवच्छ यादव र मो वासिर राइन हुनुहुन्छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.