अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटका धेरै राम्रा पक्ष हुँदा ह्दै पनि यो महत्वोकाँछी र बिस्तारकारी छ । पौडेलले बजेट मार्फत कर्मचारी देखी सांसदहरुको तलब र सुविधा बृद्धी गरिदियका छन। कर्मचारीको तलब बृद्धी गर्दा तल्लो तहकालाई बढी र माथिल्लो तहकालाई कम् प्रतिशत गरेको भय राम्रो हुने थियो । सर्बसाधारण जनताले महँगि उपहार पायका छन । सांसद मख्ख छन, उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा साढे तीन करोड रुपैयाँ परिचालन गर्न पाउनेछन । जुन अधिल्ला वर्षमा पनि दुरुपयोग भइरहको छ । वित्तिय अनुशासन कायम गर्न, मुद्रास्फिती नियन्त्रण गर्न र राजश्वको लक्ष्य पुरा गर्न कठिन देखिन्छ । राजश्वको लक्ष्य पुरा हुन सकेन भने चालु खर्च कटौती गर्न सकिँदैन र पूर्वाधार निर्माणको बजेट कटौती गर्नुपर्ने हुन्छ जस्ले गर्दा तोकियको आर्थिक बृद्धी गर्न कठिनाई देखिन्छ । बजेटको कार्यन्व्यन पक्ष मुख्य चुनौती हो । Dhaulagiri online बाट
सर्वसाधारण जनताले महँगी उपहार पाएका छन् ।
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...