-->
खानीखोला हाइड्रोको सेयर २ महिनाभित्रै निस्कासन हुने

खानीखोला हाइड्रोपावर कम्पनीले २ महिनाभित्र सर्वसाधारणका लागि साधारण सेयर निस्कासन गर्ने भएको छ। ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएको हो। १ सय अंकित दरको साधारण सेयरको निस्कासन प्रबद्र्धक सिभिल क्यापिटल मार्केट रहेको छ। 
 
हालै मात्रै नेपाल धितोपत्र बोर्डले सो कम्पनीको साधारण सेयर निस्कासनका लागि स्वीकृति दिएको छ। बोर्डले स्वीकृत गरेको २ महिनाभित्र सेयर निस्कासन भइसक्नुपर्ने प्रावधान छ। ललितपुरको खानीखोलामा ४.३६ मेगावाट क्षमताको जलविद्युत आयेजनाको निर्माण कार्य सकिएको छ।
 
यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि ४ लाख ६५ हजार ७ सय १४ कित्ता सेयर निस्कासन गरिसकेको छ। ट्रान्समिसन लाइन निर्माण हुन नसक्दा विद्युत विस्तारको काम अघि बढ्न सकेको छैन। 
 
कम्पनीको आईपिओले इक्रा नेपालबाट ४ प्लसको रेटिङ पाएको छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.