-->
भूकम्पले बन्द भएको सोनी र टोयोटाको उत्पादन सुरु

टोकियो, जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा दुई हप्ताअघि गएको भूकम्पका कारण सोनी र टोयोटा कम्पनीले त्यस क्षेत्रमा बन्द गरेको उत्पादनको काम पुनः सुरु गरेका छन् ।
जापानका ठूला यी बहुराष्ट्रिय यी कम्पनीले भूकम्पका कारण केही दिनअघिसम्म उत्पादन बन्द गरेका थिए । सो उत्पादनलाई केही दिनअघिबाट सुरु गरिएको कम्पनीले जनाएका छन् ।
जापानमा दुई हप्ताअघि ६.४ रिक्टर स्केलको भूकम्प गएपछि परेको असरका कारण जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाको उत्पादन बन्द गरिएको समाचारमा जनाएका थिए ।
सो भूकम्पका कारण यी दई कम्पनीलाई पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ । उत्पादन प्लान्टमा क्षति पुगेको नभएपनि यातायात, बिजुली र अन्य कच्चा पदार्थहरुको पूर्तीका कारण समस्या परेको थियो ।
राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपका ती कम्पनीको उत्पादन यसअघि पूरै बन्द भएको नभई केही समयका लागि सुचारु गर्न मात्र नसकिएको बताइएको थियो ।
भूकम्पबाट सो द्वीप आसपासको क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको थियो । केही दिनका लागि अन्य आधारभूत सुविधाको पूर्तीका लागि पनि समस्या परेको थियो ।
सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ ।
भूकम्पको मापन ६.४ को मात्र रहेको भएपनि यस पटक भने घरहरु भत्किनुका साथै कैयौं भौतिक क्षति पुगेको छ । जसका कारण यी दुई कम्पनीका साथै अरु उत्पादन क्षेत्रमा केही दिनका लागि अस्थायी रुपमा बन्द गरिएको बताइएको छ ।
ती क्षेत्रमा रहेका मित्सुबिसी, होन्डा र अरु बहुराष्ट्रिय कम्पनीले पनि केही दिनका लागि उत्पादन बन्द गरिएको बताइएको थियो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.