चीनबाट इन्धन ल्याउने कुरा मात्रै बढी भयो, फेरि अध्ययन गर्न भन्दै अर्को समिति गठन
काठमाण्डु, २१ वैशाख– सरकारले चीनबाट पेट्रोलियम पदार्थ आयातका लागि विस्तृत अध्ययन गर्न फेरि नयाँ समिति गठन गरेको छ । आपूर्ति मन्त्रालयका सहसचिव तथा आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख आनन्दराम रेग्मीको सयोजकत्वमा समिति गठन गरिएको हो ।
नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र भन्सार विभागलगायत प्रतिनिधि समितिका सदस्य छन् । चीनबाट एलपी ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धन आयात गर्न भन्दै उच्चस्तरीय भ्रमण सम्पन्न भइसकेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...