युएस–बंगलाको नेपाल उडान सुरु
काठमाडौं– बंगलादेशको निजी वायुसेवा कम्पनी 'युएस–बंगला एयरलाइन्स' ले नेपाल उडान सुरु गरेको छ।
कम्पनीले आइतबारदेखि बंगलादेशको ढाकाबाट काठमाडौं उडान सुरु गरेको हो। काठमाडौं यसको पहिलो अन्तर्राष्ट्रिय गन्तव्य हो। युएस बंगलाले बम्बार्डियर कम्पनीमा निर्मित 'ड्यस ८–क्यु४००' सिरिजको जहाजबाट ७८ यात्रु लिएर काठमाडौंका लागि पहिलो उडान गरेको हो।
युएस–बंगलाले काठमाडौंका लागि साताका तीन दिन आइत, मंगल र बिहीबार उडान गर्ने जनाएको छ । ढाकाबाट उडेको जहाज यहाँ दिउँसो ४ः३० बजे आइपुग्ने र साँझ ५ः१० बजे फर्कने तालिका यसको छ।
सन् २०१३ मा अमेरिका र बंगलादेशको संयुक्त लगानीमा स्थापित युएस बंगला एयरलाइन्सले २०१४ जुलाई १७ बाट उडान सुरु गरेको थियो । हाल योसँग ड्यास ८–क्यु४०० सिरिजका तीन थान जहाज छन् । निकट भविष्यमा बोइङमा निर्मित दुईथान 'बि७३७–८००' सिरिजका जहाज सञ्चालनमा ल्याउने जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...