सवारीसाधनले ‘पासिङ लाइट’ बाल्नु आफूभन्दा अगाडिको सवारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो । नयाँ पत्रिका दैनिकमा समाचार छ।
विश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडि जान अनुमति माग्नु हो । नेपालमा ९९% चालक पासिङ लाइट बालेर आफू अघि बढ्छन् ।
ट्राफिक महाशाखाका डिआइजी प्रकाश अर्यालका अनुसार नेपालमा राजमार्ग खुलेदेखि नै दायाँतर्फको साइड लाइट बालेर ओभरटेक गर्न संकेत दिने गलत नियम बसेको हो । ‘पहिला राजमार्ग साँघुरा थिए, ओभरटेक गर्दा गाडी ठोक्किन सक्ने भएकाले अगाडिको गाडीले दायाँतर्फको तथा पछाडिको गाडीले बायाँतर्फको साइड लाइट बाल्ने गर्थे,’ अर्यालले भने ‘ओभरटेक गर्ने क्रममा गाडी नठोक्कियोस् भनेर रातको समयमा चालकहरूले त्यसरी साइड लाइट बाल्ने गरेका थिए, त्यही नियमजस्तै बन्यो ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...