कृष्णसार संरक्षणका लागि नदी नियन्त्रण अभियान सुरु
बर्दिया जिल्लामा रहेको बबई नदीमा २०७१ साल साउन २९ र ३० गते आएको भीषण बाढीले खैरापुरमा रहेको दुर्लभ जनावार कृष्णसार संरक्षण क्षेत्रमा नदी पसेर ४२ वटा कृष्णसारको मृत्यु भयो । संरक्षण शुरु गरिएको करिव ४ दशकको अवधिमार तीन सयको हाराहारीमा रहेका कृष्णसारमा नदी पसेर ४२ कृष्णसारको मृत्यु भए पछि नदी नियन्त्रणको प्रयास शुरु गरिएको छ ।
गुलरिया नगरपालिकाको वडा नं. २ मा पर्ने पण्डितपुरबाट नदी कृष्णसार संरक्षण क्षेत्रमा पसेर कृष्णसार बगाए पछि अहिले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बाँकेले कृष्णसार संरक्षण क्षेत्रमा नदी पसेको स्थानमा नदी नियन्त्रणको काम शुरु गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले कृष्णसार संरक्षण क्षेत्रको काम शुरु गरे पछि नदीको बहाव परिवर्तन हुने र कृष्णसारको संरक्षण हुनेमा आफुहरु ढुक्क भएको कृष्णसार संरक्षण क्षेत्र परिषद बर्दियाका अध्यक्ष टंक अधिकारीले बताउनु हुन्छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले करिव ३ करोड रुपैयाको हाराहारीमा नदी नियन्त्रणको काम शुरु गरे पछि सरोकारवाला निकायहरुले त्यस क्षेत्रको अनुगमन समेत गरेका छन । यस कार्यले कृण्णासारको संरक्षणमा सहयोग पुग्नेमा आफु बिश्वस्त रहेको नेकपा एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीको भनाई छ ।
बर्दिया जिल्लामा मात्र पाईने दुर्लभ जनावार कृष्णसार संरक्षण क्षेत्रमा नदी नियन्त्रणको काम ढिलै भए पनि शुरु भएको यस्ले संरक्षण क्षेत्रमा टेवा पुग्ने बिश्वास नेपाली काग्रेस बर्दिया क्षेत्र नं.२ का सांसद सञ्जय गौतमको पनि छ ।
बर्दिया जिल्लाको बबई नदीमा २०७१ सालमा आएको बाढीले ३१ जनाको ज्यान गएको थियो भने करिव १ लाख घर परिवार बाढीबाट प्रभावित भएका थिए । त्यो बाढीले कृष्णसार संरक्षणको क्षेत्रमा पनि ठूलो धक्का पु¥याएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...