-->
अमेरिकी जलसेना विभाग प्रमुख नेपालमा

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत जलसेना विभाग प्रमुख रे माबुस नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडाँै आइपुगेका छन् ।
भ्रमणको सिलसिलामा आजै उहाँले छाउनीस्थित ‘वीर स्मारक’ मा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरे ।
सोही अवसरमा प्रधान सेनापति राजेन्द्र क्षत्री र माबुसले गत वर्षको विनाशकारी भूकम्पपछि उद्धार कार्यमा सिन्धुपाल्चोक जिल्लामा खटिएका अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका नेपाली सेना, अमेरिकी सेना तथा गैरसैनिक नेपालीको सम्झनामा वीर स्मारक, छाउनी हाताभित्र नवनिर्मित स्मारकको संयुक्तरुपमा अनावरण गरे ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले विनाशकारी भूकम्पको समयमा अमेरिकी सरकारबाट खोज तथा उद्धार कार्यमा पु¥याएको उच्चस्तरको सहयोगको सराहना गर्नुभई अमेरिकी सरकारप्रति कृतज्ञतासमेत व्यक्त गरे ।
सो अवसरमा माबुसले विपद्को समयमा अमेरिकी सरकारको तर्पmबाट नेपाली सेनालाई हरेक प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको बताए ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विनाशकारी भूकम्पको समयमा खोज तथा उद्धार कार्यमा खटिई दिवङ्गत भएका स्वदेशी एवम् विदेशी सैनिकलगायत गैरसैनिक नागरिकहरुप्रति सम्मान व्यक्त गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.