हुण्डी कारोबारको आरोपमा १५ जना पक्राउ
वैशाख २९, २०७३- प्रहरीले हुन्डीको कारोवार गर्ने १५ जनालाई पक्राउ गरेको छ । १ करोड ७४ लाख रुपैया सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता सहकुल थापाले जानकारी दिए । उनका अनुसार न्युरोडस्थित पशुपति प्लाजामा कपडा पसलस्थित ओम ट्रेडर्सका संचालक पशुपति गोयल, शंकराज अग्रवाल र अरुण अग्रवाललाई पक्राउ गरेको छ । इलोक्ट्रोनिक र मनि चेन्जरबाट हुण्डी कारोबार गर्दै आएको गिरोहलाई पक्राउ गरेको थापाले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...