-->
यसरी रोपिन्छ कपाल

ग्रान्डी इन्टरनेशनल अस्पतालमा कार्यरत डाक्टर निर्मल प्रसाद न्यौपाने उमेरले जम्मा ३१ पुगे । तर, कसैलाई उनले आफ्नो उमेर अनुमान गर्न लगाउँदा भनिदिन्थे, ‘४० त कट्नुभयो होला ।’
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट रेडियोलोजीमा एमडी गरेका उनले करियर सुरु गरेकै धेरै भएको छैन । पढाइमा अब्बल भएकै कारण एमबिबिएसपछि पोष्ट ग्य्राजुएटको प्रवेश परीक्षामा उनले पहिलो नम्बरमा नाम निकाल्न सकेका हुन् र निजी स्तरमा नेपालकै ठूलो लगानीको अस्पतालमा कार्यरत छन् । यति हुँदा हुँदै पनि कपाल नभएकै कारण केही न केही अभाव रहेको महशुस गरे । त्यसपछि उनी कपाल प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका हुन् । भन्छन्, ‘अहिले कस्मेटिक भ्यालु बढ्दो छ । अन्य क्षमता छ भनेर यसलाई वेवास्ता गर्न सकिदैन ।’
मंगलबार स्किन र हेयर सम्बन्धि उपचार र परामर्श दिइने कुपोण्डोलस्थित ड्रामा नेपालमा डा न्यौपाने कपाल ट्रान्सप्लान्टको गरिरहेको अवस्थामा भेटिएका थिए । ट्रान्सप्लान्टपछि उनले भने, ‘कपालले कम्तिमा १० वर्ष उमेर घटबढी देखाउँछ ।’
ललितपुर पाटनका मदन महर्जन भने साथीभाईको जमघटमा आफ्नो कपालबारे हुने बहशको अन्त्य गर्न चाहन्छन् । उनी भन्छन्, ‘साथीभाईको जमघटमा कहीँ न कहीँ कपालको प्रशंग आउँछ र पूरै खुइलिसकेकाले मप्रति नै लक्ष्य गरिन्छ । त्यसैले प्रत्यारोपण गर्न आएँ ।’
कपाल प्रत्यारोपणबारे जानकारी पाएका उनी विश्वस्त भने डा न्यौपानेले गर्न लागेको देखेर भएका रहेछन् । उनले भने, ‘डाक्टरले त गर्ने भनेपछि राम्रो होला भनेर म पनि यहीँ आएँ ।’
झण्डै दुई दिन लगाएर उनीहरुको कपाल प्रत्यरोपण गरिएको हो । दक्षिण एशियामै राम्रो मेडिकल कलेजमध्ये पर्ने अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेजबाट विशेषज्ञता हासिल गरेका डा प्रमोद अग्रवालको समूहले उनको कपाल प्रत्यारोपण गरेको हो । ताहाचल काठमाडौंका स्थायी बासिन्दा डा अग्रवाल पढाइपछि भारतमै रहेर कपाल प्रत्यारोपण गरिरहेका छन् । उनले उक्त क्लिनिकमा ४ दिनको अवधिमा चारै जनाको कपाल प्रत्यारोपण गरेको बताए । भारतमा ५ सय भन्दा बढीको कपाल रोपिसकेको बताउने उनले नेपाल फर्किन चाहेको जानकारी दिए । ‘यसपल्ट सेवाग्राहीको आग्रहमा डा सोनिया गुप्ताको संयोजकत्वमा आयौं, अब चाँडै यतै बसेर सेवा दिनेछु,’ उनले भने ।
उनले फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन (एफयुई) प्रविधिबाट हेयर ट्रान्सप्लान्ट गरिएको बताए । जुन विश्वमै नयाँ प्रविधि हो । यो प्रविधि अनुसार कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ ।  ‘यसले कपाल मर्ने संभावना कम हुन्छ,’ डा अग्रवालले भने, ‘कपाल निकालेर स्टोर गर्दा ५ डिग्री भन्दा कम तापक्रममा राख्नुपर्छ । २० डिग्रीमा राख्ने गलत शन्देश रहेछ नेपालमा । तुरुन्तै प्रत्यारोपण गर्दा कपाल मर्ने संभावना हुन्छ ।’
स्किन सम्बन्धि परामर्श र उपचार सेवा दिँदै आएको ड्रमा नेपालले प्रत्यारोपण सेवा यही हप्ताबाट सुरु गरेको हो । ‘हामीकहाँ स्किनको उपचारका लागि आउनेले कपाल कसरी उमार्ने वा राख्ने भनेर जिज्ञासा राखिरहनुभयो । त्यसैले यो सेवा सुरु गरेका हौं,’ ड्रामा नेपाली प्रबन्ध निर्देशक सोनिया गुप्ताले भनिन् ।
नेपालबाट कपाल प्रत्यारोपणका लागि भारत जाने धेरै भएकाले आफू नेपालमै सेवा दिन आएको डा अग्रावले बताए । उनले भने, ‘मैले पनि ४० जना जति नेपालीहरुको भारतमै कपाल प्रत्यारोपण गरें ।’
कपाल ग्राफ्टका आधारमा उखेल्ने र रोप्ने गरिन्छ । एउटा ग्राफ्टमा ४ देखि ७ ओटासम्म कपाल हुन्छन् । डा अग्रवाल भन्छन्, ‘एउटा रौंको मूल्य तोक्ने र एउटा–एउटा रौं रोप्ने गलत धारणा पनि नेपालमा रहेछ । ग्राफ्टका आधारमा रोपिन्छ र त्यही अनुसार मूल्य तोकिन्छ ।’
नयाँ प्रविधि र अनुभवी डाक्टर भएकाले प्रत्यरोपणका लागि आउने धेरै जना रहेको डा गुप्ताले बताइन् । उनले भनिन्, ‘प्रत्यारोपण गराउन चाहनेलाई हामीले गरिरहेको हेर्न लगाएका छौं । आवश्यक परेको खण्डमा डा अग्रवालसँग भारतमै पुगेर गराइसकेको अनुभव पनि सुन्न भन्छौं ।’
प्रत्यारोपण गरिसकेको कपाल फेरि झर्ने संभावना नहुने डा अग्रवालले बताए । उनले भने, ‘हामी प्रत्यारोपण गर्दा टाउकाको पछाडि वा साइडको उखेल्छौं, जुन कपाल कहिल्यै झर्दैन ।’ अगाडिको कपाल भने हर्माेनका कारण झर्ने उनले बताए ।
यसरी गरिन्छ कपाल प्रत्यारोपण
कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडि पट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इनसेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा रौँ प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ । यसरी रोपेको कपाल २ देखि ३ हप्ता पछाडि झर्छ । तर, १० देखि १६ हप्ताको बीचमा कपाल अझ बाक्लो भएर उम्रिन्छ । २ हजारवटा कपाल प्रत्यारोपण गर्न ६ देखि ८ घण्टाको समय लाग्छ ।
अन्य देशको तुलनामा नेपालमा कपाल प्रत्यारोपण गर्न सस्तो पर्छ । तर, प्रत्यारोपणबारे सही जानकारी नहुँदा कपाल झरेर तक्लु भएकाहरू अस्थायी र झन्झटिलो विग लगाएर बसिरहेका छन् । एकपटक खर्च गरेर स्थायी समाधान हुने कपाल प्रत्यारोपण गर्ने हो भने आफ्नो नेचुरल लुक फर्काउन सकिन्छ । प्रत्यारोपण गरेको कपाललाई आफूले चाहेजस्तो लुक दिन सकिन्छ । नुहाउँदा वा पौडी खेल्दा कपाल खस्ला कि भन्ने डर पनि हुँदैन । यो वन फँडानी भएपछि नयाँ बिरुवा रोपेर वनलाई पुरानै अवस्थामा फर्काएजस्तै हो । टाउकाको पछाडिपट्टिको भाग (एन्ड्रोजेन इनसेन्सेटिभ) बाट कपाल निकालेर रोपिन भएकाले यो कपाल झर्दैन । पूरै टाउको तक्लु हुँदा पनि टाउको पछाडि अहिले कता कपाल बाँकी रहन्छ । यसो किन हुन्छ भने एन्ड्रोजेन इनसेन्सेटिभ एरियाको हेयर वंशानुगत तथा हर्मनको कारणले झर्दैन ।
हेयर ट्रान्सप्लान्टका लागि ट्रिम गरेर छोटो बनाइएको कपाललाई विशेष प्रकारको मेसिनबाट उखालिन्छ । कति ठाउँको लागि कति कपाल चाहिन्छ भन्ने हिसाब निक्र्यौल गरेपछि त्यति नै कपाल उखलिन्छ । यसरी कपाल उखल्दा घाउ हुँदैन । रगत पनि बग्दैन । कपाल उखली सके


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.