-->
प्रतिपक्षी दल कांग्रेसका नेताको हत्या, शव खेतमा भेटियो


काठमाडौं, ५ जेठ । पश्चिम बंगालको मालदा जिल्लामा केही हमलाकारीले प्रतिपक्षी दल कांग्रेस आईका एक नेताको हत्या गरेका छन् ।
मंगलबार साँझ मादलाको कालिआचक भन्ने ठाउँमा अलीनगर कांग्रेसका ४३ वर्षीय नेता सेराजुल अलीलाई केही व्यक्तिले घरबाहिर बोलाएर काम छ भन्दै अज्ञात स्थलमा लगेर गए । त्यही उनको हत्या गरियो ।
उनको शव मध्यरातमा प्रहरीले एउटा खेतबाट बरामद गरेको थियो । शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
ग्राम पञ्चायतका सदस्य समेत रहेका नेता अली प्रसिद्ध व्यापारी पनि थिए । भारतीय च्यानल आजतक का अनुसार प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ । प्रहरी उपरीक्षक (एसपी) सैयद वकार रजाले हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन् ।
- दैनिक नेपाल डट कम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.