-->
बुद्ध सम्मेलनको उदघाटन सोल्टी होटलमा

५ जेठ, काठमाडौं । बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको २५६०औं बुद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोह भोलिदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन भोलि बिहान साँढे ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

बुद्धको जन्मस्थललाई लिएर भइरहेको भ्रम चिर्नको लागि बुद्ध दर्शनको सुरुवात लुम्बिनीबाट भएको हो,  बुद्धको जन्ममात्र होइन कर्मस्थलपनि लुम्बिनीनै हो भन्ने कुरा विश्व समुदायलाई जानकारी गराइने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वभरी शान्ति फैलाउन लुम्बिनीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंको सोल्टी होटलमा हुनेछ भने शनिबार बुद्ध जयन्तीको दिन बुद्धको जन्मस्थल लुम्बिनीमा बिशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी घोषणापत्र जारी गर्दै सकिनेछ । घोषणा कार्यन्वयन गर्न अन्तर्राष्ट्रिय स्तरको फोरम पनि बनाइनेछ ।

सोल्टी होटलमा हुने सम्मेलनमा दुई दिनमा १९ वटा कार्यपत्र प्रस्तुत हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालसहित भारत, चीन, बेलायत, जापान लगायतका मुलुकका प्रतिनिधिले कार्ययपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा सहभागी हुन २८ मुलुकका भिक्षु तथा सरकारी प्रतिनिधिहरु काठमाडौंमा भेला हुनेछन् । विश्वभरबाट अहिलेसम्म ४०० भिक्षुहरु नेपाल आइसकेको र केहि आउने क्रममा छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.