-->
जोन टेरी आउँदो सिजन पनि चेल्सीमै रहने

जेठ ५ – इंग्लिस क्लब चेल्सीका डिफेन्डर जोन टेरीले क्लबसँग एक वर्षको नयाँ सम्झौता गरेका छन् । ३५ वर्षका टेरीको चेल्सीसँगको सम्झौता यो सिजनसम्मको मात्रै थियो । आइतबार राति भएको लिसेस्टर सिटीसँगको प्रिमियर लिगको अन्तिम खेलपछि टेरीले भावुक हुँदै आफू चेल्सीमै रहन चाहेको बताएका थिए । नयाँ सम्झौतापछि टेरीले भने ‘सबैलाई थाहा छ, म लगातार चेल्सीमा छु । आउँदो सिजन नयाँ प्रशिाक्षकको साथमा हुने छौं ।
आशा गरौं आउँदो सिजन सफल सिजन मध्ये एक हुनेछ ।’ चेल्सीका कप्तान टेरी इंग्ल्याण्डको राष्ट्रिय टोलीका पूर्व कप्तान पनि हुन् । टेरीले चेल्सीका लागि चार सय ८३ खेलमा ४० गोल गरेका छन् । उनले राष्ट्रिय टिमबाट ७८ खेलमा ६ खेल गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.