ताप्लेजुङ खडेरीका कारण सुके मुहान, खानेपानी र सिचाईका लागि पानीको हाहाकार
ताप्लेजुङ सहित पुर्वि पहाडि जिल्लामा दैनिक जसो साँझ पख पानी परे पनि खानेपानीका मुहान सुक्न थालेपछि पिउने र सिचाई गर्ने पानीको हाहाकार हुन थालेको छ ।
ताप्लेजुङ नगरपालीका सहित हाङ्देवा, फुरुम्बु, लिङ्खिम, लेलेप, लगायत माथिल्लो क्षेत्रमा दैनिक साँझ पख पानी परीरहे पनि यस क्षेत्रका सबै ढुङ्गेधार, सधै बगिरहने खोल्सा र पोखरी पनी सुक्न थालेको स्थानियले बताएका छन् ।
खानेपानीको मुहाननै सुकेपछि यस क्षेत्रका स्थानिय घण्टौँ लगाएर खोला र सुक्न बाँकि रहेका मुहानबाट खानेपानी ल्याउन बाध्य भएका छन् भने पानीको अभावमा जिल्लाकै मुख्य नगदे बालि अलैचि र खाध्यन्न बाली पनी सक्न थालेको स्थानिय प्रेम प्रसाद बरालले बताए ।
सदरमुकाम फुङ्लिङमा वितरण गर्दै आएको खानेपानी पनि प¥याप्त नहुँदा दैनिक एक घण्टा मात्र वितरण गरीदै आएको छ । गाउँका घर घरमा पु¥याईएका धारा र नालामा पानी आउन छाडेपछि बजारका भन्दा गाउँमा रहेका स्थानियको जनजिवन झनै कस्टकर बनेको दोखुका स्थानिय खगेन्द्र पुरिले बताए ।
खडेरीले तल्लो क्षेत्रमा मुहानहरु सुकेका छन् भने माथिल्लो क्षेत्रका हिमालहरु नांगा देखिन थालेकाछन् । पुस माघमा परेको हिउँ जेठ असारसम्म हिमाल रहने भए पनि यो वर्ष भने फागुन–चैतदेखिनै हिमाल सुक्खा र फुस्रो देखिएका छन् । हिमाल नै रितिन थाले पछि खोलाहरुमा पनि पानीको मात्र घटेको छ ।
पानी परीरहे पनि घाम पनि निरन्तर लागेकाले बास्पिकरणका कारण परेको पानी सुक्ने भएकाले अहिलेकै मौषममा मुहान नरसाउने पुर्वि क्षेत्रीय हावापनी फिल्ड कार्यालय ताप्लेजुङका प्रमुख विष्णु प्रसाद न्यौपाने बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...