-->
हिजो परेको असिनापानीले ताप्लेजुङमा लाखौँको क्षति

मंगलबार दिउँसो वर्षा सँगै परेको असीनाले ताप्लेजुङको पश्चिमि दुई गाविसमा कृषकले लगाएको नगदे तथा अन्न बालिमा लाखौँको क्षति पु¥याएको छ ।
पश्चिमि सावा र लिवाङ गाविसको अधिकाँस वाडामा दिउँसो तीन वजेबाट करीब एक घण्टा परेको असिनाले मुख्य नगदे बालि अलैचि, मकै, आलु, जौँ र गहुँ नस्ट गर्दा लाखौँ मुल्यबराबरको क्षति भएको सावा गाविसका स्थानिय लाक्पा छेतेन शेर्पाले बताए ।
भखरै उम्रिएको मकै र आलु असिनाले नस्ट गरेकाले पुन रोप्नुपर्ने अबस्था आएको छ भने पाक्न लागेको गाहुँ र जौँ समेत सखाप हुँदा यो वर्ष यस क्षेत्रमा खध्यन्न अभाव हुने सम्भावना रहेको लिवाङका स्थानिय प्रविन शेर्पाले बताए । बाक्लो र करीव एक घण्टा असिना परेको कारण गाई बस्तुलाई खुवाउने घाँस र स–साना बोट बिरुवा समेत नस्ट भएको शेर्पाको भनाई छ ।
ताप्लेजुङमा पानी सँगै बारम्बार असिना पानी आए पनि असिनाले पु¥याएको क्षतिको विवरण जिल्ला कृषि विकास कार्यालयले संकलन तथा सार्वजनिक गरी कृषकहरुलाई राहत तथा अनुदानको व्यवस्था नगरेको कृषकहरुको गुनासो रहेको छ ।
यस अघि पनि बारम्बार परेको असिना पानीले जिल्लाका अधिकाँस गाविसमा कृषकले लगाएको अन्न तथा नगदे बालिमा लाखौँको क्षति पु¥याएको थियो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.